रबि लामिछानेको समर्थन मा यसरी फेसबुक मा उत्रियो जनसागर

रबि लामिछाने अचेल आफ्नो कार्यक्रम बाट बिबाद मा आउने क्रम जारि छ पहिलो पटक भुत काण्ड बाट बिबाद मा तानिन थालेका रबि  केहि समय अगी आआफ्नै पारिवारिक झमेला बाट के बाहिर निस्किएका थिय पुन अस्ट्रेलिया मा गरेको सिधा कुरा जनता संग कार्यक्रम बाट पुन बिबाद मा तानिएर नेपाल आएका थिय अस्ति मात्र प्रसारित सिधा कुरा जनता संग कार्यक्रम मा इटहरीका मेयर द्वारिका चौधरी को बिबादास्पद बयान का कारण सामाजिक संजाल मा दुइ तर्फको मत हरु आइरहेका छन त्यहि कुरा लाइ सम्बोधन गर्दै रविले आफ्नो फेसबुक पेज मार्फत आफ्नो कुरा यसरी राखेका छन |

उनले फेसबुक मा एस्तो लेखेका थिय

मेयर द्वारिका चौधरीको इमान्दारीतामा कुनै प्रश्न गरेका छैनौ।यस्ता हक्की नेता चाहिन्छपनि।मात्र यति हो कि उनी संयमित भएर प्रस्तुत हुन सक्थे।सुन काण्डमा SSP ले पत्रकारलाई किक हानेको वेलामा मैले टुडिखेल, किक र नाक को डाडी वाला प्रसङ्ग उठाएको थिए।त्यो भिडियोको टुक्रा मात्र हेरेर थाहा हुदैन पुरै हेर्नू पर्ने हुन्छ। बर्षौ देश लुट्ने नकचराहरुलाई टुडिखेलमा राखेर उडेर एक एक किक हान्न मन त अझै पनि छ तर “मन छ” भन्नू र फलानो मान्छेलाई टुडिखेलमा राखेर किक हान्छु हान्छु भनेर तोकेरै भन्नू मा फरक छैन र? उहालाई इमानदार होइन भनेकै छैन तर निर्वाचित जन प्रतिनिधिले मान्छे तोकेरै सिद्याउछु भन्नू हुदैन्थ्यो। भ्रष्टाचारीलाई फासी दिनु पर्छ भनेर माग गर्न पाइयो तर फलानो नाम गरेको भ्रष्टाचारिलाई म आफ्नै पैसा खर्च गरेर फाँसी दिन्छु भनेर घोषणा गर्न पाइदैन कि? फेरिपनि भन्छु, भ्रष्टहरु तर्साउन द्वारिका चौधरीहरु चाहिन्छन।

उनलाई समर्थन र बिरोध बराबर रुपमा आइरहेका छन उनको यो पोस्ट मा भिभिन्न कमेन्ट हरु आएका छन् हामी त्यसलाई जस्ताको तस्तै प्रस्तुत गर्दै छौ

Tsaroz Thapa लेख्छन  दाईहजुर “उडेर नाकको डाँढी भाच्न पाउने अधिकार यो देशमा तपाईलाइ मात्र देको छ कि क्या हो कानुनले?? ” 😂😂हान्न दिनुस न यार, यसरी अहिले आएर बिचमा कानुन घुसाइदिनु भयो भने, आफ्नो नि यार २-४ जना संगको हिसाबकिताब बिग्रीहाल्छ नि 😂😂 रिसानीमाफ होस है प्रभु, यो पढेर तपाईका भक्तहरु रिसले मुर्मुरी सके 😂😂

Dipak Kc तपाईंले कमसेकम मेयरले यत्ती हदैसम्म गएर किन आक्रमक भयर बोलेको रैछ त भन्ने कुराको जड बुझ्नुपर्ने थियोे ।पत्रकार सबै चौथो अङ्गका छैनन जो भ्रष्टहरुको अगाडी पछाडि बसेर कलम चलाइ रहेका छन भने द्वारिकालाल तिनै पित पत्रकारहरु जसले बारम्बार षडयन्त्र पुर्वक आक्रमण गर्दा आवेसमा त्यो बोल्नु वहाको बाध्यता रहेछ थियोे । मेयर गलत भएको भय आज इटहरीमा जुलुस आउथ्यो होला तर त्यो आएन कारण मेयर सहि छ मेयरलाई तनावग्रस्त बनाउने पित पत्रकार जसले तपाईंलाई बिचमा तानेको छ ती गलत हुन भन्ने कुरा अहिले स्पष्ट बाहिर आइरहेको छ.. तपाईं एउटा् भ्रष्ट अनियमितता दलाल विरुद्धको अभियानमा हिड्नु भएको एक सच्चा देशभक्तले राम्रोसँग बुज्जेर मात्रै आफ्नो कार्यक्रममा स्थान दिनु होला कहिलेकाही अनावश्यक विवादमा फस्नु पित पत्रकारको षडयन्त्र नहोला भन्न सकिन्न भन्दै मेयरले जे गरे सहि गरे कानुन मरेको देशमा जनकारबाही सहि छ त्यो हुनुपर्छ अनिमात्र भ्रष्टहरुको मति खुल्छ।

शरिन ख्युङ्वा तामाङ तपाईंले कमसेकम मेयरले यत्ती हदैसम्म गएर किन आक्रमक भयर बोलेको रैछ त भन्ने कुराको जड बुझ्नुपर्ने थियोे भाइ। पत्रकार सबै चौथो अङ्गका छैनन भन्ने कुराको उदाहरण आज भ्रष्टाचार बिरोधि अभियानका अभियन्ता ज्ञानेन्द्र साहिलाइ फसाउने तिनै पित पत्रकार हुन जो भ्रष्टहरुको अगाडी पछाडि बसेर कलम चलाइ रहेका छन भने द्वारिकालाल तिनै पित पत्रकारहरु जसले बारम्बार षडयन्त्र पुर्वक आक्रमण गर्दा आवेसमा त्यो बोल्नु वहाको बाध्यता रहेछ थियोे । मेयर गलत भएको भय आज इटहरीमा जुलुस आउथ्यो होला तर त्यो आएन कारण मेयर सहि छ मेयरलाई तनावग्रस्त बनाउने पित पत्रकार जसले तपाईंलाई बिचमा तानेको छ ती गलत हुन भन्ने कुरा अहिले स्पष्ट बाहिर आइरहेको छ.. तपाईं एउटा् भ्रष्ट अनियमितता दलाल विरुद्धको अभियानमा हिड्नु भएको एक सच्चा देशभक्तले राम्रोसँग बुज्जेर मात्रै आफ्नो कार्यक्रममा स्थान दिनु होला कहिलेकाही अनावश्यक विवादमा फस्नु पित पत्रकारको षडयन्त्र नहोला भन्न सकिन्न भन्दै मेयरले जे गरे सहि गरे कानुन मरेको देशमा जनकारबाही सहि छ त्यो हुनुपर्छ अनिमात्र भ्रष्टहरुको मति खुल्छ।

Saroj Sharma Oli रबि लामिछाने ले टुडिखेल मा लिएर नाक को डाडी मा उडेर घुमेर हान्छु भन्दा गडगड ताली बजाउने ।
अनि एउटा थारु को छोराले भस्ट्रचारी र भुमाफिया को जुठो खाने प्रत्रकार नामको पृत पुत्रकार लाई नाख भाच्छु भन्दा कोकाहोल गर्ने मानसिक रोगी हरु देखेर दया लाग्यो । मेयर ले भन्दा सार्वजनिक पद धारण गरेको ब्यक्ति रे अनि अनि रबि लामिछाने ले भन्दा भगवान रे
के रबि लामिछाने अदालत हुन ?
के रबि लामिछने न्यायालय हुन ?
के रबि लामिछाने प्रहरी प्रशासन हुन ?
यदि होइनन् भने मेयर चौधरी गलत हुन भन्नू भन्दा पहिले रबिलामिछाने ले भन्ने यो शब्द पनि गलत छ भनेर उन को नि बिरोध गरौ होइन भने बाहुन भयकै आधार मा रबि जिन्दावाद थारु भयकै आधार मा द्वारिका मुर्दाबाद यस्तो मानसिकता को उपचार राची तिर मात्रै सम्भब होला । जस्तो लाग्यो

Babu Dhakal रवि सर ईटहरीका मेयर ठीक ठाउमा छन ,उसका वारेमा केही नराम्रो नभनिदिएकै जाती ! खास कुरा के हो भने ,ईटहरीमा मुकाम बनाएर बस्ने एउटा समुहले सार्वजानिक जगालाई आफूहरुको बनाउन भरपुर प्रयास गर्यो। तर त्यो प्रयासलाई मेयर द्वरिकलाल चौधरीले असफल बनाई दिए। अख्तियार लगाउछु भन्ने धम्की दिदै पटक-पटकको जगा हडप्ने प्रयासलाई मेयरले क्रमश असफल बनाईरहे। अन्तत; त्यो समुह झुटा आरोप लिएर अख्तियार कहाँ पुग्यो। तर अख्तियारले मेयर चौधरीलाई दोषी भेटाउन सकेन, सफाई दियो। चौधरीलाई जेलमा सडाउने माफीयाहरुको पहिलो प्रयास अख्तियारको निर्णय संगै स्वत; असफल भयो। त्यस घटना पश्चात खुरुखुरु काम गर्न मन पराउने ईमान्दार छवी बनाएका मेयर चौधरी मानसिक रुपमा आक्रमक हुदै गएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन्। मेयर चैधरी फायर त यतिबेला भए जतिबेला नगरपालिकाको कर्मचारीहरु समेत जगा माफियाहरुकै पक्षमा काम गर्न थाले। मेयरको केही सिप लागेन। केही सिप नलागेपछी तिमीहरु भ्रष्टाचारी भएको भन्दै केही कर्मचारीलाई निष्काशन समेत गरे। त्यतीबेला सम्म मेयरको विपक्षमा ठुलो शक्ती खडा भैसकेको थियो। यो शक्तिले सडकबत्ती सम्बन्धी उपमहानगरको पुरानो मुद्दा बल्झाएर मेयरलाई फेरी अख्तियार पुरायो। तर देश्रो पटक पनि मेयर निर्दोष सावित भए। यसरी दोश्रो पटक मेयरका सामु जगा माफियाहरुले घुँडा टेके। अख्तियारले मेयरकै पक्षमा फैसला गरेपछी जगा माफियाहरु संग अन्तिम विकल्प थियो- मेयरको चरित्रहत्या। त्यसको लागी उनीहरुले केही पत्रकारहरुको दुरुप्रयोग गरे। पत्रकारहरुको झुटो अफवा देखेर मेयर आजित भए। धैर्यताले सिमा नाघेपछी मेयर हिजोको जस्तै ईमान्दार भईरहन सकेनन्। र उनी कराउन थाले, चिच्याउन थाले। सुनुयोजित रुपमा आफू बिरुद्ध लाग्नेहरुलाई प्रमाण पेश गरेर देखाउ, एक कप चिया कसैको खाएको भए फाँसी चढ्न तयार छु भन्न थाले। तर कसैले प्रमाण पेश गर्न सकेनन्। तर झुटो आरोप भने लगाईरहे। यसरी एक ईमान्दार मेयरको दिमागमा नराम्रो संग धक्का पुग्न गयो र उनले गती छाडे। अब मेयरलाई पदबाट बर्खास्त गरेपनी, पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेपनी हुनेवाला केही छैन। किनभने मेयर कुनै ठुलो पदको मानिस भन्दा पनि एक ईमान्दार मानिस भएर बाँच्न चाहेका रहेछन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*