कति छ बाराक ओबामाको सम्पति

अमेरिकी पुर्व रास्ट्रपति एक असल छबी भएका व्यक्तिका रुपमा चिनिन्छन अमेरिका मा १० बर्से रास्ट्रपति कार्यकाल सकाएर उनि अहिले आफ्नो सम्म्न्य जिबन बिताइरहेका छन पहिले निकै गरिब र काला जाति बाट आएका उनीसंग कति सम्पति छ भन्ने कुरा धेरै लाइ थाहा  नहुन सक्छ नेपालि पत्र ले सार्बजनिक गरेको यो समाचार हामी राख्दै छौ।

ओबामाको जन्म सन् १९६१ अगस्ट ४ मा हवाईको होनोलुलुमा भएको थियो । उनको पहिलो नाम बाराकको अर्थ अनमोल भन्ने हुन्छ र यो उनको केन्याली पिताको नाम पनि हो । उनले किशोरावस्थामा बास्किन्स–रोबिन्समा काम गरेका थिए त्यसपछि उनलाई आइसक्रिम मन नपर्ने बताँउछन् ।उनको बाल्यकालमा बोलाउने नाम ब्यारी थियो । ओबामा अमेरिकी पुनःनिर्माण पछिका तेस्रो अफ्रिकी–अमेरिकी सिनेटर को रुपमा निर्वाचित भएका थिए ।उनले हार्वाडको ल स्कुलमै पढेकी मिसेल रोबिन्सनलाई बिहे गरेका हुन । मिसेलले उनलाई सिकागोको एक ल फर्ममा एसोसिएटको रुपमा काम गर्दा सुपरभाइज गरेकी थिइन् । उनीहरुको दुई छोरीहरु मालिया र सासा छन् ।इलिनियस राज्यको सिनेटरको रुपमा उनले एक विधेयक प्रायोजित गरे जसमा प्रहरीलाई ठूला अपराधको भिडियो टेपबाट अनुसन्धान अनिवार्य गर्नुपर्ने भयो । इनिनियस यस्तो व्यवस्था गर्ने पहिलो राज्य थियो ।उनको पिताको केन्यास्थित गाँउ नजिकको एक विद्यालयको नाम फेरेर सिनेटर बाराक ओबामा सेकेन्डरी स्कूल राखिएको छ ।उनलाई स्क््रयाबल खेल्न मन पर्छ ।ओबामा र मिसेलले सिकागोको दक्षिणी क्षेत्रमा सन् २००६ को जुनमा १ दशमलब ६५ मिलियन डलर मुल्यमा एक घर किनेका थिए जसमा चारवटा चिम्नीहरु छन् । उनले मार्टिन लुथर किङ जुनियर, मोहनदास गान्धी, पाब्लो पिकासो र जोन कोल्टेनलाई आफ्नो नायक मान्छन् । उनको ४० मिलियन डलर सम्पत्ति रहेको छ ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*