मर्ने तरिका गुगल मा सर्च गरेर यसरी गरे आत्महत्या

काठमान्डू, अर्घाखाँची का शिशिर MBBS पढ्न काठमान्डौ मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौथो वर्षमा अध्ययन गर्थे । उनि गत ८ दिन देखि बेपत्ता थिय र गत सुक्रबार किर्तिपुर को जंगल मा उनको सब फेला परेक्को थियो फेला परेको सब नजिकै एग्रोभेट मा पाइने बिसादी हरुको डब्बा सब संग भेटिएको थियो सब को प्रकृति हेर्दा उनले बिसादी खाएर आत्महत्या गरेको देखिन्थ्यो ।

हराइरहेका शिशिर काठमाडौँ मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौथो वर्षमा अध्ययन गर्थे । खनालको शव शनिवार किर्तीपुरस्थित पुष्पलाल पार्क नजिकै जङ्गलमा भेटिएको थियो । उनको स्थायी घर अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा भएपनी उनी लामो समय देखी काठमाडौँ कोटेश्वरमा आफ्नै १८ वर्षीय भाइ सँग बस्दै आएका थिए । शिशिर चढ्दै आएको मोटर साइकल केही दिन पहिले प्रहरीले कृतिपुरको पुष्पलाल पार्कमा फेला पारेको थियो । तर शिशिर भने भेटिएका थिएनन् । मोटरसाइकल भेटिएको सोही क्षेत्रलाई आधार बनाएर खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीको प्रहरी टोलीले शनिवार दिउँसो शिशिरको शव फेला पारेको हो ।

प्रहरीले शनिबार कीर्तिपुरमा उनको शव सँगै आल्मुनियम फोस्फेट बिषादीको खाली बोतल फेला पारेको हो। केही दिन अगाडि नै मृत्यु भएका कारण शव सडेको अवस्थामा भेटिएको प्रवक्ता बोगटीले पुष्टि गरे । खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। २०५८ सालमा सवारी दुर्घटनामा शिशिरले आफ्ना आमाबुबा, दिदीलाई गुमाएका थिए । शिशिर भने सो दुर्घटनामा सकुशल बाँचेको प्रहरी अनुसन्धानमा खुल्न आएको डिएसपी बोगटीले जानकारी दिए ।डिप्रेसनको औषधी खाँदै आएका शिशिर पढाइमा अब्बल रहेको समेत बताइएको छ ।

– आल्मुनियम फोस्फेट विषादी खाएर आत्महत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिशिरले आल्मुनियम फोस्फेट भन्ने विषादी औषधी सेवन गरेर आत्महत्या गरेको पाइएको छ । शिशिरले कोटेश्वरमा रहेको एक एग्रोभेटबाट उक्त विषादी किनेका थिए । शव फेला परेको नजिकै शिशिरले प्रयोग गरेको विषादीको खाली डब्बा पनि भेटिएको बताइएको छ । प्रवक्ता बोगटीले भने, ‘शिहिरले कुन विषादी खाँदा मृत्यु हुन्छ भनेर आफ्नो ल्यापटपमा विषादीहरुको नाम पनि सर्च गरेको खुल्न आएको छ ।’ यस्तै शिशिरले आत्महत्या कसरी गर्ने भनेर पनि ल्यापटपमा सर्च गरिएको भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*