इटहरीका मेयर को बास्तबिकता घर पुग्दा यस्तो देखियो (भिडियो)

इटहरीका मेयर द्वारिकालाल चौधरी अहिले निकै चर्चामा छन् पत्रकारको नाक भाच्न १ करोड छुट्याएको छु भन्ने अडियो रेकर्ड बाहिरियपछी उनि अहिले चर्चामा छन् तर त्यो भन्दै हिजो मात्र फिर्ता लिसकेका छन तैपनि मिडियाहरु अहिले उनको बास्तबिकता के हो उनको बास्तबिक जिबन तर्फा आकर्सित भएको देखिएको छ एक अनलाइन ले आफ्नो युटुब को लागि लिएको अन्तरबार्ता मा उनको घर परिवार हरु देखाइएको छ हेर्नुहोस |

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफू माथि लागेको आरोपको खण्डन गर्दै यो पित्त पत्रकारीता हो समेत भनेका थिए । विगत २ वर्ष देखी पत्रकार विराट अनुपमले उनको पाटीको सदस्य राम प्रसाद चौलागाइको निर्देशनमा आफूलाई हिलो छ्याप्ने काम गर्दै आएको बताएका थिए । उक्त विषय विवादित हुन पुग्यो ।मेयर चौधरीले पत्रकार विराट अनुपमलाई ‘नाकको डाँडी भाँच्छु’ भन्दै धम्की पनि दिएका थिए। प्रमुख चौधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्ति फिर्ता लिइसकेका छन् । विज्ञप्तिमा मेयर चौधरीले पत्रकार सञ्चार जगत् प्रति चोट पुर्‍याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका थिए ।

केही दिन अघि इटहरीका मेयर द्वारिकालाल चौधरीले काठमाडौको एक अनलाइन टिभी सँग कुरा गर्दै भु माफिया ,खाने पानी भित्रको भ्रष्टाचारी राम प्रसाद चौलागाईं सँग मिलेर कसैको चरित्र हत्या गर्ने ,पूर्वाग्रह राखेर पित्त पत्रकारिता गर्ने तल्लो स्तरका भ्रष्ट पत्रुकारको मात्र आफूले आलोचना गरेको भन्दै यस्तै भ्रष्ट को सूचना लिएर पत्रकार रवि लामिछाने ले पनि विगतमा इटहरी नगरपालिका को विषयमा हचुवाको भरमै समाचार प्रवाह गरेको कारण आफूले उसको कारेक्रममा त्यस्तो जवाफ दिएको पनि बताएका छन् ।

विकास र समृद्धिमा असल सञ्चारकर्मी को साथ जरुरी रहेको भन्दै आफूले गरेको पित्त पत्रकारको चरित्र र पाखण्ड पत्रुकारको विरोध गर्दा इमानदार सञ्चार जगत्लाई आत्मसम्मानमा ठेस लागेको भए आफू क्षमा प्रार्थी रहेको भन्दै भ्रष्टाचार गर्ने ,समाजमा अपराध गर्ने माफियाहरूलाई जनताका बिचमा मोसो दलेर टिन ठोक्दै घुमाउने दाबी समेत गरेका छन् । पार्टी सँग मेयर पदको दाबेदार गर्दै आएका रामप्रसाद चौलागाईंलाई पार्टीले मेयरको टिकट नदिए र द्वारिकालाल चौधरीलाई मेयरको टिकट दिए पछि आक्रोशित बनेका राम प्रसाद चौलागाईं मेयरको चरित्र हत्या गर्न केही पत्रकारको सहारा लिएर एक बर्स देखि अनेकौँ षड्यन्त्र गर्दै आएका छन् ।

विगत केही वर्ष अगाडि विभिन्न राजनीतिज्ञको इसारामा हड्डी भाँचिएको र मारियाका पत्रकारहरूको उदाहरण दिँदै उनले पित्त पत्रकारिता तुरुन्त रोक्न चेतावनी समेत दिइएका छन् । विभिन्न कमेन्ट मार्फत उनलाई नालायक, अयोग्य लगायतका कुरा लेखिरहेको र जसको जवाफमा उनले चाटुकार र पत्रुकार लेखेको र केही समय पछि फोन गरेर उनलाई मुख छाडेको र सम्झाउँदा-सम्झाउँदा आफू थाकेको हुनाले अब गुन्डा गर्दीमा लाग्ने भनेको बताए । विभिन्न मिडिया क्षेत्रमा चर्चित भएका इटहरी नगर प्रमुखलाई नगरवासी तथा युवाहरूले गृह नगरमा भव्य स्वागत गरेका छन् ।

स्वागतको क्रममा इटहरी उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य अरुण गुरुङ , वडा नं. १४ का वडा सदस्य दुखीलाल चौधरी वडा नं. ९ का वडा अध्यक्ष भूपेन्द्र बराल , वडा नं. ९ का वडा सदस्य शिवराम चौलागाई, वडा नं. ९ कि महिला वडा सदस्य कुमारी न्यौपाने , वडा नं. ४ कि महिला वडा सदस्य लक्ष्मी चापागाईँ र युवा नेतृत्व गर्दै जीवी गजल लगायतले विराटनगर एयरपोर्टमा भव्य स्वागत गरी मेयरको भ्रष्टाचारी विरुद्धको अभियान सही भएको भताउदै साथ र सहयोग गर्ने बताए । उनै मेयरको घरमा पुग्दा एकदमै गाउँले जीवनशैली बिताई रहेको घर परिवार देखियो । उनको घर समेत पुरानो जस्ताले छाएको पुर्खेउली नै रहेको पाइयो । घरमा पुग्दा उहाँको आमा र श्रीमतीसँग पनि कुराकानी भएको छ । भिडियो हेर्नुहोस् :

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*